सुरुवाती मतगणनामा रवि लामिछाने पछाडि पर्नुको कारण यस्तो छ
काठमाडौं । देशका विभिन्न स्थानमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर घण्टी बजाउँदै गर्दा यसकै सभापति भने निरन्तर पछाडि परेका छन् ।
चितवन २ मा ११२६ मतगणना गर्दा रविको मत एक सय पनि पुगेको छैन । पछिल्लो अपडेट अनुसार उनले ८७ मत मात्रै पाएका छन् । जबकी एमालेका कृष्णभक्त पोखरेलको ५५४ र कांग्रेसका उमेश श्रेष्ठको ३९७ मत आएको छ ।
देशैभर रविको पार्टीले तहल्का मच्याउने संकेत मिलिरहेको बेला रविले भने निक्कै कम मत पाएका छन् । तर एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएकोले रविले कम भोट पाएको बताइन्छ ।
इच्छाकामना गाउँपालिकको वडा नम्बर १ बाट मतगणना हुँदा रवि निक्कै पछाडि परेका हुन् । यो सहरी भेगमा नपर्ने भएपछि रवि पछाडि परेका हुन् । एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएको हुँदा रविले सहरी क्षेत्रमा आएपछि अविश्वसनीय रुपमा अग्रता लिने बताइन्छ ।
चुनाव नहुँदैदेखि चितवनमा रविको पक्षमा परिणाम आउने अनुमान गरिएको थियो । विभिन्न मिडिया रिपोर्टले पनि रविले फराकिलो मतान्तरले यो क्षेत्रमा चुनाव जित्ने दाबीसहितका समाचार प्रस्तुत गर्दै आएका छन् ।
यसैले रविले सहरी एरियाको मत गणना हुन थालेपछि एमालेका पोखरेल र कांग्रेसका श्रेष्ठलाई निक्कै पछाडि छोड्ने बताइन्छ ।
काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा रविको स्वतन्त्र पार्टीले प्रभावशाली मत ल्याएको छ ।
रविले प्रत्यक्ष र समानुपातिक दुवैमा उल्लेख्य मत ल्याएर जित्ने र संसदमा सम्मनजनक हिस्सा ओगट्ने देखिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया