डडेल्धुरामा सागर र कर्ण मल्लबीच उछिनपाछिन्
काठमाडौं । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् ।
३६७३ गणना गर्दा प्रधानमन्त्री देउवाले १७३६ मत हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल र कर्ण मल्लबीच भने उछिनपाछिन् चलिरहेको छ । यसअघि सार्वजनिक परिणाममा मल्ल अगाडि देखिएकोमा पछिल्लोमा ढकालले उछिनेका छन् । ढकालले ९४३ र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले ६२३ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया