काठमाडौं १ मा झिनो मतले रविन्द्र अघिअघि
काठमाडौं । पछिल्लो मतपरिरणामअनुसार काठमाडौं क्षेत्र नंबर १ मा जम्मा १५१८८ मतगणना भएको छ । जसमध्ये राप्रपाका रविन्द्र मिश्रलाई ३८७० मत प्राप्त भएको छ ।
त्यस्तै, कांग्रेसका प्रकाशमान सिहंले ३८५० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २३०३ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार किरण पौडेलले २२३२ मत ल्याउँदा सुशासन पार्टीका रमेश खरेलले १७६३ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया