गोरखा २ मा प्रचण्डको अग्रता, अब्दुस तेस्रो
काठमाडौं । गोरखामा क्षेत्र नंबर २ मा दुई सय मतगणना हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले एक सय ३० मतसहित अग्रता लिएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले २८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अब्दुस मियाँ १३ मतसहित तेस्रो स्थानमा परेका छन् ।
गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया