NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

डोटीमा अघि लागे प्रेम आले, सूर्य र हलो पछिपछि

काठमाडौं। डोटीको प्रतिनिधिसभा सदस्यतर्फको प्रारम्भिक मतगणनामा पूर्वमन्त्री एवं नेकपा एसका उम्मेदवार प्रेमबहादुर आलेले लिड गरेका छन् । उनलाई एमाले र राप्रपालगायत दलका उम्मेदवारले पछ्याइरहेका छन् ।

नेपालवाचलाई प्राप्त पछिल्लो मत परिणामअनुसार, डोटीमा हालसम्म १ हजार २४९ मत गणना भएको छ । जसमा आधाभन्दा बढी हिस्सा अर्थात् ६४० मत आलेको पक्षमा परेको छ ।

आलेलाई एमालेकी गौरी वलीले टक्कर दिइरहेकी छन् । वलीले ४५२ मत पाएकी छन् । राप्रपाका अंकबहादुर खड्काले मात्रै ११ पाएका छन् ।

त्यहाँ अहिले मतगणना जारी छ ।