दाङ–३ मा पछि परिन् कोमल वली
दाङ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कोमल वली जारी मतगणनामा पछाडि परेकी छन् । उनलाई लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले टपेका हुन् ।
६ हजार १८० मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार गिरीले २ हजार ४३६ मत हासिल गरेका छन् भने वलीले २ हजार १४८ ल्याएकी छन् ।
निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरूबीच २८८ को मतान्तर छ ।
सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गरेका छन् । त्यहाँ उनलाई एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मतका साथ चुनौती दिइरहेका छन् ।


प्रतिक्रिया