NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

रसुवा अपडेट : कुन दलका उम्मेदवारले कति मत ल्याए ?

काठमाडौं । रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ । बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याएका छन् । गणनाभएकामध्ये एक सय ५१ मत बदर भएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ मा दुई हजार ५७ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले एक हजार ३३ मतप्राप्त गरेका छन् । एमालेका कूलप्रसाद भट्टले नौ सय ४३ मत प्राप्त गरे ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट रातिबाट मात्रै सुरु गरिएको थियो । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो ।