NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

लेखराज भट्टले अवस्था सुधारे, बलायर पछाडि

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं. ४ मा एमाले उम्मेदवार लेखराज भट्टले कांग्रेसबा वीरबहादुर बलायरलाई पछि पारेका छन् ।

सुरुदेखि नै अगाडि रहेका नेपाली कांग्रेसका बलायरले ३ हजार ४७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत हासिल गरेका छन् ।

भट्ट पूर्वमाओवादी हुन् । अदालतको आदेशमा नेकपा छिन्नभिन्न भएपछि उनी पुरानो पार्टीमा नफर्किएर एमालेतिर लागेका थिए ।

कैलालीको निर्वाचन क्षेत्र नं. १, २ र ३ मा भने नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले लिड गरिरहेका छन् ।