NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

गगन थापाको जित करिब निश्चित

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको जित करिब निश्चितजस्तै देखिएको छ ।

काठमाडौं ४ मा अब १० हजार मत गणना हुन बाँकी छ । जसमा गगन थापा अहिले नै ५ हजार ५६८ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् । बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा गगनले अग्रता फराकिलो पारेका हुन् ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टराईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौँ–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ ।

काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार मैदानमा छन् ।