NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

भोजपुरमा सुदन अघि लागे, शेरधनको मत कति ?

काठमाडौं । भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएका छन् ।

हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उनले एक हजार पाँच सय ४१ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार शेरधनले एक हजार ८५ मत प्राप्त गरेका छन् ।

भोजपुर प्रदेशसभा ९१० मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले सात सय छ मतले अघि देखिएका छन् ।

तीन हजार नौ सय २८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का हरिबहादुर राईले एक हजार तीन सय ३८ मत प्राप्त गरेका छन् ।

जिल्लामा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८२ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो ।