NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

ललितपुर–३ मा अग्रता बढाउँदै तोसिमा, पछिपछि सूर्य र गठबन्धन

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छन् । एमाले र गठबन्धनका उम्मेदवार उनलाई पछ्याइरहेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, तोसिमाले ५ हजार १२३ मत हासिल गर्दा नेकपा एमालेका अमृत खड्काले ३ हजार ९५९ मतसहित चुनौती दिइरहेका छन् ।

यहाँ ऊर्जा मन्त्रीसमेत रहेकी गठबन्धनकी उम्मेदवार भुसाल तेस्रो स्थानमा छिन् । उनको मत २ हजार २९३ छ ।