कांग्रेसले चार सिट जित्दा, एमालेको एक सिट, कसले कहाँ जिते ? कुन दलको अग्रता कति ठाउँमा ?
काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनपछि प्रतिनिधिसभाको मतपरिणामको नतिजा आउने क्रम जारी छ ।
अहिलेसम्म आएको ५ स्थानको परिणामअनुसार कांग्रेसले चार स्थानमा जित हात पारेको हो ।
कांग्रेसबाट मुस्ताङमा योगेश गौचन थकाली, मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौं १ बाट प्रकाशमान सिंह र काठमाडौं ४ गगन थापा विजयी भएका हुन् ।
ललितपुर २ मा भने एमालेका प्रेम महर्जन विजयी भएका छन् ।
अग्रतामा को-को ?
अहिलेसम्म प्रतिनिधिसभाका ४५ सिटमा कांग्रेसले अग्रता लिएको छ । एमालेले ४० र माओवादीले १३ स्थानमा अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ र नेकपा एकीकृत समाजवादीले ७ ठाउँमा अग्रता लिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया