कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने
कालीकोट । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
जिल्लाका सबै मतदान केन्द्रको मतपत्र संकलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।
कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगेन्द्र शाही स्वतन्त्रका काशिचन्द्र बराल, कांग्रेस विपीका पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन् ।
कालीकोटको प्रदेशसभा ९क० मा माओवादी केन्द्रबाट दुर्गबहादुर रावत, नेकपा ९एमाले०बाट कुर्मराज शाही र नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र शाही र प्रदेशसभा (ख) मा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट वीरेन्द्रबहादुर बुढा, एकीकृत समाजवादीबाट विश्वराज बम, कांग्रेस विपीबाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया