बागमतीका मुख्यमन्त्रीलाई एमाले उम्मेदवारले उछिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एसका धादिङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डे जारी मतगणनामा पछाडि परेका छन् । उनलाई कुनै बेलाका सहकर्मी एमालेका उम्मेदवार भूमि त्रिपाठीले २१७ मतले टपेका हुन् ।
धादिङ क्षेत्र नम्बर १ मा हालसम्म १४ हजार ८३७ मतगणना सम्पन्न भएको छ । जसमध्ये ६ हजार १८८ मत त्रिपाठी र ५ हजार ९७१ मत पाण्डेको पक्षमा परेको छ ।
जारी मतगणनामा यो क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्त तेस्रो स्थानमा छन् । उनले १ हजार ९५९ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया