बागमतीका मुख्यमन्त्रीलाई एमाले उम्मेदवारले उछिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एसका धादिङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डे जारी मतगणनामा पछाडि परेका छन् । उनलाई कुनै बेलाका सहकर्मी एमालेका उम्मेदवार भूमि त्रिपाठीले २१७ मतले टपेका हुन् ।
धादिङ क्षेत्र नम्बर १ मा हालसम्म १४ हजार ८३७ मतगणना सम्पन्न भएको छ । जसमध्ये ६ हजार १८८ मत त्रिपाठी र ५ हजार ९७१ मत पाण्डेको पक्षमा परेको छ ।
जारी मतगणनामा यो क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्त तेस्रो स्थानमा छन् । उनले १ हजार ९५९ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया