१०० भोटमा रवि लामिछानेलाई ८८ भोट !
काठमाडौं । अहिलेसम्म निरन्तर पछि पर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई पछाडि छोडेका छन् । चितवन २ को ग्रामीण भेगमा रवि निरन्तर पछाडि परेका थिए । तर सहरी एरियामा मतगणना हुन थालेपछि रविले दुवै प्रतिस्पर्धीलाई पछाडि छोडेका हुन् ।
रविले ४००७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।
सहरी एरियामा मतगणना हुन थालेपछि रविले अस्वाभाविक रुपमा मत आफ्नो पक्षमा पारेका हुन् । मतगणनाका क्रममा रविले एक सय मतमा ८८ मत आफ्नो पक्षमा समेत पारेको बुझिएको छ ।
रविले सुरुमा आफू पछाडि परे पनि मतगणना सुरु हुनै बाँकी छ भनेर बताएको केही समयदेखि नै उनले अग्रता लिन थालेको हुन् ।
उनले दुई सय हाराहारीको संख्यामा अग्रता लिइरहेका छन् ।
देशभर रविको स्वतन्त्र पार्टीको पक्षमा लहर देखिएको हो ।
देशभर रविको स्वतन्त्र पार्टीको पक्षमा लहर देखिएको हो ।
कालिका नगरपालिकामा मतगणना गर्दा लामिछानेले अस्वाभाविक मत ल्याएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया