नौ निर्वाचन क्षेत्रको मतगणना सुरू हुन बाँकी
काठमाडाैं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।
ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका संकलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । आयोगका अनुसार मतगणना हुन बाँकी रहेकामा बागमती प्रदेशको दोलखा क्षेत्र नं. १, गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २, लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नं १ रहेका छन् । गुल्मीको एक मतदानस्थल ९अर्वेनी० मा आजै पुनःमतदान भएको छ ।
कर्णाली प्रदेशको मुगुमा मतपेटिका सङ्कलन भइसकेको छ भने डोल्पामा ११ र हुम्लामा ३४ मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ । सुर्खेतको सिम्ता मतदानस्थलमा आज पुनः मतदान भएको छ । सुदूरपश्चिम प्रदेशको बाजुराको बुढीनन्दा नगरपालिकामा पुनः मतदान हुन बाँकी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया