गोरखाका दुवै क्षेत्रमा गठबन्धनको अग्रता यथावत
काठमाडौं । गोरखामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी राखेको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नौ हजार पाँच सय २६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । साँझसम्मको मतपरिणामअनुसार उनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
अध्यक्ष दाहालले आफ्ना मुख्य प्रतिस्पर्धी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई छ हजार आठ सय ८८ मतले अग्रता कायम गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।
बुर्लाकोटीले अहिलेसम्म तीन हजार ३८ मत प्राप्त गरेका छन् । त्यस्तै, अर्का उम्मेदवार नेकपा (एमाले) का अब्दुस सलिम मियाँले कूल दुई हजार ९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अग्रस्थानमा छन् । उनले साँझसम्मको मतणनाअनुसार तीन हजार एक सय ६२ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।
एमालेका उम्मेदवार रामशरण बस्नेतले नौ सय ३६ मत ल्याएर बजगाईंलाई पछ्याइरहेका छन् ।
प्रतिनिधिसभातर्फ यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३७ मत प्राप्त गरेको उनले बताए ।
दुवै क्षेत्रमा मतगणना जारी छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया