रेशम चौधरीको पार्टीले खाता खोल्यो, कैलालीका थप दुई सिटमा पनि अगाडि
काठमाडौं । रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ जितको खाता खोलेको छ । साथै अन्य तीन स्थानमा यो दलले निरन्तर अग्रता लिइरहेको छ ।
कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट सो पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरी १७ हजार सात सय ४९ मतमा रोकिए ।
कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन् । उनले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गरेकी छन् ।
उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार एक सय ८३ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का तपेन्द्र रावलले एक हजार आठ सय ४७ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा खसेका मतमध्ये आज साँझसम्म करिब २० प्रतिशत मत गणना भएको छ ।
साथै, निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका प्रत्यासी अरुणकुमार चौधरी तीन हजार एक सय २७ मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा (माओवादी केन्द्र) का भगतबहादुर बडुवाल दुई हजार एक सय ७७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा एमाले उम्मेदवार झपटबहादुर रावलले एक हजार नौ सय ७२ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले उछिनेका छन् । जारी मतगणनामा भट्टले २० हजार दुई सय १४ मत पाउँदा बलायरले १९ हजार आठ सय १९ मत प्राप्त गरेका छन् ।
आज बिहानदेखि सुरु भएको निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका नारदमुनि राना थारूले एक हजार दुई सय ८० मत पाउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत हासिल गरेका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया