मुडी मतदाता : गाउँपालिकामा पत्याएनन्, प्रदेशमा जिताइदिए
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचित भएका छन् । जनमत पार्टीबाट उम्मेदवार भएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे ।
गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार सिंहलाई नेपाली कांग्रेसका अरुण मण्डलले पराजित गरेका थिए । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाए । साह मधेस प्रदेश सरकारको अर्थमन्त्री हुन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया