NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

राजनीतिमा जुग्गालीको छलाङ : ०७४ मा वडाध्यक्ष, अहिले प्रदेश सांसद

काठमाडौं । म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी भएका छन् ।

जुग्जाली उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित भएका हुन् । जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गरे ।

माओवादी केन्द्रका म्याग्दी संयोजक रहेका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित भएका छन् । उनी विसं ०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष