NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काठमाडौं–६ मा घण्टीको अग्रता यथावत, भीमसेनदास र सर्वेन्द्र पछि–पछि

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता यथावत राखेका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि २४ हजार एक सय ४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले आठ हजार आठ सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

त्यसैगरी, दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले पाँच हजार तीन सय ४२ मत प्राप्त गरेका छन् भने तेस्रोमा नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार तीन सय १० मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष