लमजुङमा देव गुरुङ्ले स्वाट्टै घटाए मतान्तर
काठमाडौं । एक मात्र प्रतिनिधिसभा रहेको लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङको मतान्तर घट्दै गएको छ । पछिल्लो मतपरिणामअनुसार यसअघि गुरुङ दुई हजारभन्दा बढीले अघि रहे पनि यतिबेला गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा जम्मा चार सय ५७ मतले अघि छन् ।
उक्त मत परिणाम सार्वजनिक गरिएअनुसार एमाले उम्मेदवार पृथ्वीसुब्बाको २० हजार तीन सय ७४ मत र माओवादी केन्द्रका देवप्रसाद गुरुङको १९ हजार नौ सय १७ मत प्राप्त भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार हालसम्म ४७ हजार चार सय ९९ मतगणना सम्पन्न भएको छ । त्यस्तै हालसम्म एक हजार चार सय ४२ मत बदर भएको उहाँको भनाइ छ ।
दोर्दी, क्व्होलासोथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ भने यतिबेला सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतमध्ये ८० हजार नौ सय १७ मत खसेको थियो ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया