संसद् विघटन गर्ने एमालेलाई कारवाही गर्न गगनको माग
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पटकपटक संसद् विघटन गर्ने दल एमालेलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । काम गर्न नसक्ने र तर पटकपटक संसद विघटनसम्म पुर्याउने एमालेले दण्ड पाउनुपर्ने थापाले बताएका हुन् ।
‘पटकपटक संसद विघटन गर्ने दल एमाले हो । उनीहरूले दण्ड पाउनुपर्छ ’ सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा थापाले भने, ‘आफ्नै घरमा आगो लगाउने एमालेलाई अब किन भोट दिने भनेर जनतालाई भनौं ।’
कांग्रेसको चाहना र जोड भन्दा पनि नेकपाको वैमनस्यताले गर्दा कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाई छ ।
अब फेरि पनि एमालेले संसद् चल्नै नदिए विकल्पमा जानेबारे छलफल भइरहेको उनको भनाई छ । तर यस्तो विकल्प के हो भन्नेबारे उनले प्रष्ट खुलानन् । यद्यपी एमालेलाई पेलेरै संसद्को कामकारवाही अघि बढाउन सकिने विकल्पमा पनि छलफल भएको उनको भनाई छ ।
थापाले आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन कुनै हालतमा अब नसर्ने पनि बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया