भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । गत आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा मैदानमा उत्रिएका कांग्रेसका श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी जित निकालेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिए ।
एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया