काठमाडौंका थप दुई क्षेत्रमा घण्टीको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका थप दुई क्षेत्रमा जित निकालेको छ । यसअघि काठमाडौं क्षेत्र नं. २ मा सोविता गौतम विजयी बनेकोमा थप दुई क्षेत्रमा पनि घण्टी चुनाव चिह्न लिएर उठेका रास्वपाका उम्मेदवारले जित निकालेका हुन् ।
काठमाडौं ७ मा गणेश पराजुली ८ हजार ७४३ मतका साथ विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरे ६ हजार ८०० मतमा रोकिए ।
माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) तेस्रो स्थानमा रोकिइन् । उनले ६ हजार ६३ मत पाइन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले मात्रै ४ हजार ८७७ मत ल्याए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया