NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काठमाडौँ–६ (२) मा एमालेका मास्के विजयी

काठमाडौं । काठमाडौं ७ (२) मा नेकपा (एमाले) का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरे ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताइन् ।

ताजा अपडेट

नेपालवाच विशेष