काभ्रे १ मा पछि पर्यो माओवादी
काठमाडौं । काभ्रे क्षेत्र नं. १ मा माओवादी केन्द्र दोस्रो स्थानमा झरेको छ ।
जारी मतगणनामा केही समय अग्रता बनाएका माओवादीका उम्मेदवार सूर्यमान दोङलाई एमाले उम्मेदवार रेशम लामाले टपेका हुन् ।
नेपालवाचलाई प्राप्त पछिल्लो ताजा मत परिणाममा लामाले ५ हजार ४८२ मत हासिल गरेका छन् । दोङ ५ हजार २०१ मतसहित उनलाई पछ्याइरहेका छन् ।
त्यहाँ अहिले मतगणना जारी छ ।


प्रतिक्रिया