गोरखामा प्रचण्डले कटाए १७ हजार मत
काठमाडौं । गोरखा क्षेत्र नंबर २ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले १७ हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले १७ हजार ७५३ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले पाँच हजार ९३६ मत हासिल गरेका छन् ।
अर्कोतर्फ चुनावी प्रचारप्रसारमा प्रचण्डलाई गाली गरेरै चर्चामा आएका एमाले उम्मेदवार अब्दुस मियाँ भने तेस्रो स्थानमा संघर्ष गरिरहेका छन्।
उनले हालसम्म चार हजार ५९८ मत प्राप्त गरेका छन् । यसअघि विवेकशील साझा पार्टीमा रहेका मियाँ चुनावको मुखमा एमाले प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया