उदयपुर २ प्रदेशसभा १ मा माओवादीका मगर विजयी
काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का नारायण बुर्जा मगर विजयी भएका छन् ।
उनले ८ हजार १०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले ८ हजार ७० मत प्राप्त गरेका छन् । मगरले राईलाई ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रदेशसभामा जम्मा १८ हजार ६९९ मत खसेको थियो । मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले ८६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले ४३२ मत ल्याएर चौथो स्थानमा रहे। जनता समाजवादी पार्टीका घनश्याम कटुवालले ३६६ मत ल्याए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया