अग्नि खरेललाई पारजित पार्दै झापामा विश्वप्रकाशले मारे बाजी
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जित हासिल गरेका छन् ।
एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई पराजित पार्दै उनले संसदीय यात्राको ढोका खोलेका हुन् । उनले खरेललाई १४२७५ को मतान्तरले पछाडि पार्दै विजयी भएका छन्।
शर्माले ३९६२४ मत हासिल गर्दा खरेलको पक्षमा २५३४९ मत परेको छ । यसअघि सोही क्षेत्रबाट शर्मा दुई पटकसम्म पराजित भएका थिए । यो उनको तेस्रो प्रयास पछिको जित हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया