कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लीन स्वीप’
काठमाडौं । कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् ।
कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाल अर्यालअनुसार प्रदेशसभातर्फको ३ (१) मा घनश्याम चौधरी १३ हजार नौ सय २३ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरा थारुले ११ हजार पाँच सय ७२ मत पाए । प्रदेशसभातर्फको ३ (२) मा खुशीराम चौधरी सात हजार पाँच सय ३९ मतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का अमर साउँद ६ हजार६१९ मत ल्याएका हुन् । एक लाख ७ हजार ६५९ मतदाता सङ्ख्या रहेको सो क्षेत्रमा कूल ६३ हजार चार सय ४० मत खसेको थियो ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया