NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

पश्चिम नवलपरासीमा ७१ मतको रोचक जित–हार

काठमाडौं । पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएका बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी बनेका हुन् ।

बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रधान १२ हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका उम्मेदवार थानप्रसाद गैरे नौ हजार नौ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

प्रधान मतगणनाको पहिलो दिनदेखि नै धेरै मतले अग्रता लिँदै आउँदा आज पानीको धारा चिह्न भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत उनलाई उछिन्दै ७१ मतले विजयी भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष