NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

माओवादी छाडेर एमाले बनेका लेखराजले चुनाव हारे

धनगढी । माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर लागेका लेखराज भट्ट प्रतिनिधिसभा सदस्य निर्वाचनमा परास्त भएका छन् ।

कैलाली–४ मा एमालेका उम्मेदवार बनेका भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका हुन् ।

बलायर २६ हजार १७१ मतका साथ विजयी हुँदा भट्ट २२ हजार ५८७ मतमा रोकिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भट्ट लगातार कैलालीबाट विजयी हुँदै आएका थिए । दल परिवर्तन गरेसँगै उनको विजय यात्रामा पनि ब्रेक लागेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष