माओवादी छाडेर एमाले बनेका लेखराजले चुनाव हारे
धनगढी । माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर लागेका लेखराज भट्ट प्रतिनिधिसभा सदस्य निर्वाचनमा परास्त भएका छन् ।
कैलाली–४ मा एमालेका उम्मेदवार बनेका भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका हुन् ।
बलायर २६ हजार १७१ मतका साथ विजयी हुँदा भट्ट २२ हजार ५८७ मतमा रोकिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि भट्ट लगातार कैलालीबाट विजयी हुँदै आएका थिए । दल परिवर्तन गरेसँगै उनको विजय यात्रामा पनि ब्रेक लागेको छ ।


प्रतिक्रिया