माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कबीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै प्रचण्ड निर्वाचित भएका हुन् ।
प्रचण्डले जित दर्ता गराउने क्रममा २६ हजार १०३ मत बटुले । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।
प्रचण्डको यो तेस्रो जित हो । निर्वाचन क्षेत्र परिवर्तन गरे पनि उनी त्यसयता लगातार विजयी हुँदै आएका छन् ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया