काठमाडौं-५ प्रदेश (२) मा कांग्रेसका खड्का निर्वाचित
काठमाडाैं । काठमाडौँ क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले नौ हजार सात सय ३१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिए ।
निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दीपक निरौलाले आठ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । पराजित निरौला नेकपा (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य छन् ।
ताजा अपडेट
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
प्रतिक्रिया