चितवन २ (१) मा एमालेका सिलवाल विजयी
काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २ (१) को मत परिणाम आएको छ ।
प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २ (१) मा कृष्णप्रसाद सिलवाल विजयी भएका छन् । उनी एक हजार दुई सय ४० मतान्तरले विजयी भएका हुन् ।
उनले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार दुई सय ६० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार एक सय ९३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया