संखुवासभामा (१) मा माओवादीका कार्की निर्वाचित

संखुवासभा । संखुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा. इन्द्र सापकोटाले जानकारी दिए । कार्की ३४ मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै नेकपा (एमाले) का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन् । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । संखुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (२०को मतगणना जारी छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया