कैलाली-५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित
कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी भएका पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गरे ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया