ड्रोन आक्रमणमा यमनी सैनिक मारिए

काठमाडाैं । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला प्रान्तमा सो आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर यमनी सरकारका कम्तीमा पनि तीन जना सैनिक मारिएका हुन् ।
दक्षिणी प्रान्तको दालेह प्रान्तमा रहेको यमनी सेनाको शिविरलाई लक्ष्य गरेर उनीहरुले हमला गरेका थिए । हुथीले सो आक्रमणका क्रममा विस्फोटक पदार्थसहितको ड्रोन हानेको बताइएको छ ।
उक्त प्रान्तमा केही समय यतादेखि हुथीहरुले यहाँको सरकारी सेनामाथि हमला गर्ने गरेका बताइएको छ । केही समय अघि पनि उनीहरुले सो सैनिक शिविरमा एक ड्रोनको माध्यमबाट एक शक्तिशाली क्षेप्यास्त्र नै प्रहार गरेका बताइएको थियो ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया