विश्वासको मत गुमेपछि पेरुका प्रधानमन्त्रीको राजीनामा

एजेन्सी । पेरुका प्रधानमन्त्री एनिबल टोरेसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पेड्रो कास्टिलोले विश्वासको मतका लागि टोरेसको आह्वानलाई त्यहाँको कङ्ग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्री टोरेसको राजीनामा स्वीकृत गरेका हुन् ।
बिहीबार राष्ट्रिय टेलिभिजन प्रसारणमा, क्यास्टिलोले टोरेसलाई प्रधानमन्त्रीको रूपमा काम गरेकोमा धन्यवाद दिँदै उनले आगामी दिनहरूमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन्।
गत हप्ता टोरेसले विपक्षी(नियन्त्रित कङ्ग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर कङ्ग्रेसले मतदानका लागि शर्तहरू पूरा नभएको भन्दै यसलाई अस्वीकार गरेको हो ।
क्यास्टिलोले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेपछि ७९ वर्षीय टोरेस दक्षिण अमेरिकी देशका चौथो प्रधानमन्त्री बनेका थिए।
उनले अगस्ट ३ मा व्यक्तिगत कारणले राजीनामाको घोषणा गरे जसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया