हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल निर्वाचित
काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का दल रावल थिए।
लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले ९ हजार पाँच सय १६ मत ल्याएर पराजित भए । राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस्तै बदर पाँच सय २४ भएको थियो ।
प्रदेशमा पनि गठबन्धनका विजयी
हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी भएका छन् । परियारले ६ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे । यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे।
यस्तै हुम्ला प्रदेश (२) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका हुन् ।
शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरे। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जनता समाजवादी (जसपा) का बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गरे । यस्तै एक सय १९ मत बदर भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया