पाकिस्तानमा पोलियो खोप अभियान सुरु
इस्लामावाद । पाकिस्तानमा बालबालिकाका लागि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ ।
यस अभियानबाट कम्तीमा पनि एक करोड ३५ लाख बालबालिकालाई पोलियोका विरुद्धको खोप दिइने पनि पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पाकिस्तानका ३६ जिल्लाका पाँच वर्ष मुनिका एक करोड ३५ लाख बालबालिकालाई सो खोप दिइने जानकारी मन्त्रालयले दिएको छ ।पाकिस्तानका खैबर पाक्थुन्क्वा र पञ्जाव प्रान्तका बालबालिकामा विशेषगरी सो खोप बढी केन्द्रित गरिने पनि जनाइएको छ ।
पाकिस्तानमा पछिल्ला केही वर्षयता पोलियोका विरामी भेटिन थालेकाले सरकारले यो खोपलाई अभियानका रुपमा देशभरि दिने कार्यक्रमहरु ल्याएको छ ।
पाकिस्तानी स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ यसवर्षमात्र कम्तीमा पनि २० जनामा पोलियोको प्रकोप देखिएको छ । ती सबैजना खैबर पाक्थुन्क्वा प्रान्तका रहेका छन् । यस खोप अभियानमा एक लाख स्वास्थ्यकर्मीलाई खटाइएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया