डिशहोम फाइबरनेटको सोरुम अब हात्तीगौडा र बूढानिलकण्ठमा पनि
काठमाडौं । नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तीगौडा, बूढानिलकण्ठमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
फागुन २२ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सिएम ट्रेडिङ्गअन्र्तगत रहेको लक्की ग्यालरीले सञ्चालन गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।

सोरुम उद्घाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागरनारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सिएम ट्रेडिङ्गका तर्फबाट गोपालमान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामाका सहभागी थिए ।
लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरूमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ ।
एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अब अझ बढी ग्राहकहरूका माझ पुग्ने लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया