गोकर्णेश्वर र टोखामा भएकाे दुर्घटनामा दुई जनाकाे मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै टोखा नगरपालिका वडा नं ६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको गएराति मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया