NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विशाल विमानस्थल निर्माण गर्ने साउदी अरबका राजकुमारको घोषणा

 एजेन्सी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियाद विमानस्थललाई प्रमुख उड्डयन केन्द्रमा परिणत गर्ने घोषणा गरेका छन् । युवराजको घोषणाअनुसार विमानस्थलको स्तरोन्नति भएमा १२ करोड यात्रुले त्यहाँमार्फत यात्रा गर्न सक्नेछन् ।

साउदी अरेबियाको सरकारी समाचार संस्था एसपिएका अनुसार, सन् २०३० सम्ममा विमानस्थलको रूपान्तरणको काम पूरा हुनेछ । साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष (पब्लिक इन्भेस्टमेन्ट फण्ड अर्थात् पिआइएफ) लाई यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी दिइएको छ ।

यद्यपि, यो विमानस्थल निर्माणमा लाग्ने खर्चबारे भने केही खुलाइएको छैन । यो विमानस्थल ५७ वर्ग किलोमिटर अर्थात् ५ हजार ७ सय हेक्टर क्षेत्रमा निर्माण हुनेछ । हालको किंग खालिद विमानस्थल पनि यसैमा मर्ज हुनेछ ।

सन् २०३० सम्ममा पारवहन र लजिस्टिक हब बन्न उड्डयनलाई त्यहाँको सरकारले प्राथमिकतामा राखेको छ । रियाद एयरपोर्टलाई नयाँ एयरलाइन्स आरआईएको सञ्चालन केन्द्र बनाइने छ ।

साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई कम गर्न आफ्नो भिजन २०३० मा अर्बौं, खर्बौं डलर लगानी गरिरहेको छ । जसको सुरुवात राजकुमार मोहम्मदले गरेका हुन् ।

एसपिएका अनुसार, रियाद विमानस्थल सन् २०३० सम्ममा विश्वको १० ठूलो अर्थतन्त्रमा समावेश गर्ने रणनीतिसहित सुरु गरिएको योजना हो । जहाँबाट २५० स्थानमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य लिइएको छ ।

राजा सलमान विमानस्थलबाट करिब एक लाख तीन हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको दाबी गरिएको छ । सन् २०५० सम्ममा यस विमानस्थलबाट १८ करोड ५० लाख यात्रु र ३५ लाख टन कार्गो प्रशोधन गर्ने लक्ष्य छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष