कान्ये र किमको सम्बन्धविच्छेद सम्झौता पूरा
काठमाडाैं । हलिउडको लोकप्रिय र्यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पूरा भएको छ । सम्झौताको एक हिस्साका रूपमा कान्यले बच्चाका लागि किमलाई हरेक महिना एक लाख डलर भुक्तान गर्नुपर्नेछ । अदालतको दस्तावेजमा पूर्वजोडीले आफ्नो चार सन्तानलाई संयुक्त रूपमा स्याहानुपर्ने उल्लेख छ ।
चार सन्तानको खर्चका अलावा कान्येले उनीहरूको पढाइमा हुने खर्चको ५० प्रतिशत हिस्सा आफूले व्यहोर्ने छन् । दुवैको सन्तानको उमेर ३ देखि ९ वर्षको बीचको छ । यो सम्झौताअनुसार यदि चार बच्चामध्ये कुनै एकको सम्बन्धमा विवाद भएमा दुवैले मध्यस्थता गर्नुपर्नेछ ।
सम्पत्तिको सवालमा उनीहरूको विवाहअघि नै यसको भागबन्डा भइसकेको छ । किम र कान्येले दुई वर्षको डेटपछि सन् २०१४ मा विवाह गरेका थिए । सन् २०२१ मा किमले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया