निर्धारण गरिएको भाडादर लागु नहुँदा बाजुरामा यात्रु मर्कामा
बाजुरा । बाजुराका ग्रामीण सडक देखि कर्णाली करीडोर अन्र्तगतका सडकखण्डमा निर्धारीत भाडा लागु नहुँदा यात्रु मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले भाडा निर्धारण गरे पनि कार्यान्वयन नहँुदा यात्रु मर्कामा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले कच्ची सडक देखि पक्की सडकखण्डको फरकफरक भाडादर निर्धारण गरे पनि जिप व्यवसायीले मनोमानि भाडा लिने गरेका यात्रुको गुनासो छ ।
जिल्ला सदरमुकाम मार्तडिदेखि कोल्टी सडकखण्ड, कोल्टीदेखि धुलाचौर र कर्णाली करीडोर सडकखण्ड अन्तर्गतको पीलुचौरदेखि धुलाचौरसम्मको फरकफरक भाडादर कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले कच्ची सडकको प्रति किलोमिटर १८ रुपैयाँ र पक्की सडकखण्डको ८ रुपैयाँ लिन पाउने गरी भाडादर निर्धारण गरे पनि लागु नहुदा यात्रु ठगिने गरेका छन् ।
कोल्टी धुलाचौर १७ किलोमिटर कच्ची सडक खण्डको १८ रुपैंयाका दरले ३ सय ६ रुपैयाँ हुन आउँछ तर व्यवसायीले ५ सय देखि ७ सयसम्म असुल्ने गरेका छन् । तर सम्बन्धीत सरोकारवाला निकाय मौन बसेको भन्दै स्थानीयवासीले गुनासो गरिरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया