NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

निर्धारण गरिएको भाडादर लागु नहुँदा बाजुरामा यात्रु मर्कामा

बाजुरा । बाजुराका ग्रामीण सडक देखि कर्णाली करीडोर अन्र्तगतका सडकखण्डमा निर्धारीत भाडा लागु नहुँदा यात्रु मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले भाडा निर्धारण गरे पनि कार्यान्वयन नहँुदा यात्रु मर्कामा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले कच्ची सडक देखि पक्की सडकखण्डको फरकफरक भाडादर निर्धारण गरे पनि जिप व्यवसायीले मनोमानि भाडा लिने गरेका यात्रुको गुनासो छ ।

जिल्ला सदरमुकाम मार्तडिदेखि कोल्टी सडकखण्ड, कोल्टीदेखि धुलाचौर र कर्णाली करीडोर सडकखण्ड अन्तर्गतको पीलुचौरदेखि धुलाचौरसम्मको फरकफरक भाडादर कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले कच्ची सडकको प्रति किलोमिटर १८ रुपैयाँ र पक्की सडकखण्डको ८ रुपैयाँ लिन पाउने गरी भाडादर निर्धारण गरे पनि लागु नहुदा यात्रु ठगिने गरेका छन् ।

कोल्टी धुलाचौर १७ किलोमिटर कच्ची सडक खण्डको १८ रुपैंयाका दरले ३ सय ६ रुपैयाँ हुन आउँछ तर व्यवसायीले ५ सय देखि ७ सयसम्म असुल्ने गरेका छन् । तर सम्बन्धीत सरोकारवाला निकाय मौन बसेको भन्दै स्थानीयवासीले गुनासो गरिरहेका छन् ।