विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गरिने

एजेन्सी । चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने जनाएको छ ।
चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताएका हुन् ।
लीले दुवै पक्षलाई एकअर्काका लागि थप खुला गर्न आह्वान गर्दै चीन आफ्नो खुलापनको आधारभूत राज्य नीतिप्रति सदैव प्रतिबद्ध रहने बताए । यसले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने विश्वास गरिएको छ ।
चीनले आफ्नो वित्तीय क्षेत्रलाई निरन्तर खुला गर्ने र योग्य विदेशी संस्थागत लगानीकर्ताहरूबाट थप लगानीलाई प्रोत्साहित गर्ने र घरेलु वित्तीय स्थिरता कायम गर्ने लीले बताए । चीनले चिनियाँ मुद्रा (आरएमबी) को विनिमय दरको आधारभूत स्थिरता कायम गर्न र यसलाई उचित र सन्तुलित स्तरमा राख्न प्रयास गर्ने उनले जनाकारी दिए ।
‘चीन पारस्परिक सम्मान र समानताको आधारमा युरोपेली सङ्घसँग सहयोग बढाउन र चीन–ईयू व्यापक रणनीतिक साझेदारीको सुदृढ र स्थिर विकासलाई बढावा दिन मतभेदहरूलाई उचित तरिकाले सम्बोधन गर्न तयार छ,’ प्रधानमन्त्री लीले भने ।
भेटमा दुवै पक्ष स्वतन्त्र व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र अन्य विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न सहमत भएका छन् ।
उनीहरूले युक्रेन संकटबारे विचार आदानप्रदान पनि गरेका थिए । उक्त अवसरमा चीनले शान्तिपूर्ण रूपमा संकट समाधान गर्ने हरेक प्रयासलाई समर्थन गर्ने र रचनात्मक भूमिका निर्वाह गरिरहने चिनियाँ नेता लीले बताए। मिसेलले इयूले एक चीन नीति लाई पछ्याएको र ईयू–चीन नेताहरूको पछिल्लो बैठकलाई सफल बनाउन उत्सुक रहेको बताए ।
मिसेलले चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व नेता तथा चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया