अपमानजनक शब्द प्रयोग नगर्न मधेशी आयोगको आग्रह

काठमाडाैं । मधेशी आयोगले मधेशी समुदाय माथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।
आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै विगत केही समय देखी मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्था माथि नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने बताएको छ ।
प्रेस विज्ञप्तिमा आयोगले यस्ता अमानवीय, गैर संबैधानिक तथा गैर कानुनी कार्यले राष्ट्रिय एकतामा समेत असर पु¥याउन सक्ने बताएको छ ।
आयोगले मधेशी समुदायले नै मुख्यतः सीमाको रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय समयमा यस्ता घटनाहरु बाट पीडित हुनुपर्ने कुरा प्रति चिन्ता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया