अपमानजनक शब्द प्रयोग नगर्न मधेशी आयोगको आग्रह
काठमाडाैं । मधेशी आयोगले मधेशी समुदाय माथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।
आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै विगत केही समय देखी मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्था माथि नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने बताएको छ ।
प्रेस विज्ञप्तिमा आयोगले यस्ता अमानवीय, गैर संबैधानिक तथा गैर कानुनी कार्यले राष्ट्रिय एकतामा समेत असर पु¥याउन सक्ने बताएको छ ।
आयोगले मधेशी समुदायले नै मुख्यतः सीमाको रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय समयमा यस्ता घटनाहरु बाट पीडित हुनुपर्ने कुरा प्रति चिन्ता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया